युद्धमा चुडिएको गुलाब–कथा

  • सौगात पोखरेल

सपनाहरु पनि मान्छे अनुसार फरक फरक हुन्छन् । कोहि हिमालको काखमा बसेर पनि मोटा चामलको सपना देखि रहेका हुन्छन त कोहि जेठोबुढो चामलको भात खाएर ल्याण्ड क्रुजर गाडीमा सवार हुँदै हिमालको फेदीमा गएर हेङ्ग मेट्ने योजना बनाईरहेका हुन्छन् । सपनाको पनि बर्ग हुँदो रहेछ । बर्ग अनुसार नै सपनाको पनि बर्गीकरण हुँदो रहेछ ।

सपना र आकाश नेपालको दुरदराजमा हुर्किका जोडि हुन् । उनीहरु हुर्कदै गर्दा गाउँगाउँमा माओबादी युद्ध पनि हुर्किरहेको थियो । गाउँमा उतिबेला दुई पक्षको डर थियो । गाउँमा बसौँ माओबादी घरमा लिन आएर युद्धमा जान दिनदिनै दबाव सिर्जना गर्ने बजार झरौ भने नेपाली सेनाले केरकार गरेर जवरजस्ती माओबादी बनाउने डर थियो ।

सपना र आकाशलाई शहर झर्नु भन्दा गाउँमा नै जीन्दगी बिताउ उत्तम लाग्यो । गाउँमा मेलापात गर्दा गर्दै उनीहरुको प्रेम बस्यो । प्रेम बसेन मात्र झाङ्गियो पनि कहिले घाँस दाउरा गर्न जादा भुतेको भिरमा उनीहरु एक अर्कामा बेरिएर प्रेममा लिन हुन्थे त कहिले सुन्तलेको रुवामा प्रेमलाप गरिरहेका हुन्थे । उसो त गाउँमा होटलहरु पनि थिएन र उनीहरुसँग शहर झरेर प्रेम लाप गर्नका लागि पैसा पनि थिएन । गाउँकै पाखा पखेराहरुमा प्रेमलाम गर्दा गर्दै सपना गर्भबती भएकी थिईन । बदलामा उनीहरुलाई गाउँमा लुकीलुकी प्रेम गर्नुपर्ने बाध्यताको अन्त्य भयो । गाउँलेलाई साक्षी राखेर उनीहरुले पञ्चेबाजा घन्काए । उसो त शहरमा जस्तो सपनाले आकाशलाई रुप हेरेर मन पराएको थिईनन् । आकाशको मेहनतलाई देखेर उनले बारीमा चलाएको कोदालोलाई देखेर सपनाको रोजाईमा आकाश परेको थियो ।

रुपमा आकाश भन्दा राम्री भए पनि सपना बाउसे आकासलाई हम्मे हम्मे पार्ने गरि खेत रोप्थी । त्यसैले आकाशले पनि सपनालाई मन पराएको थियो ।
कुटीखेलो गाउँको बाध्यता वा जीवनशैली थियो । साउनको महिना थियो आकाश र सपना फाँँटबाट खेत रोपेर फर्कदै थियो । असार साउनको उखरमाउलो गर्मी,दिनभरको कामको धपडी अनि उकालीमा चलेको सुस्त बतासमा सुस्ताउँदै उनीहरु पाटे चौतरामा हावा खाँदै खव गरिरहेका थियो । झमक्क साँझ परिरहेको बेला तलबाट एक हुल सेनाहरु आए । आकाशलाई केरकार गरे । तीमीहरु माओबादी हौँ भने तर उनीहरुले सेनाको कुरा स्विकार गरेनन् । बदलामा सेनाले सपनामा माथी हातपात गर्न लाग्यो । आकाशलाई त्यो सहिसाध्य भएन । उसले प्रतिकार ग¥यो बदलामा उसले गर्भवती श्रीमतिलाई सधैको लागि छोडेर गयो । सपना बलत्कृत भईन् । उनी बलत्कृत मात्र भईनन् बरु त्यहि समय उनको पति आकाश र उनीहरुको मायाको चिनो पनि खेरा गयो ।

सपनालाई आज पनि युद्ध सम्झिने बित्तिकै युद्धमा चुढिएको गुलावको फुल याद आउँछ । अझ प्रेम दिवसमा झन युद्धमा चुढिएको गुलावको फुलले धरधरी रुवाउँछ । त्

कमेन्टहरु
Loading...