पोखरा-१५ स्थित वन क्याम्पसबाट चोरी भएका जनावरको हाडछाला र अखेटोपहार प्रहरीले फेला पारेको छ ।
माघ २० गते क्याम्पसबाट ४ सय मिटर पश्चिम तर्फ बनपाले जंगल घाटको पंधेरोमा प्लाष्टिक, जुटको बोरा र पछाडी बोक्ने कालो झोला भित्र बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।
माघ ९ गते राती पोखरा महानगरपालिका वडा नं १५ टुटुङ्गा स्थित वन बिज्ञान अध्यन संस्थानको प्रयोगशाला भवनको अपरिचित व्यक्तीले ताला फोडी प्रयोगशाला भित्र र्याकमा राखेको वन्यजन्तुको अखेटोपहार चोरी गरेपछि प्रहरी अनुसन्धान अगाडी बढाएको थियो ।
प्रहरीले चितुवाको छाला ४ थान, चितुवाको दाँतहरू ,हाड अखेटोपहार, चितलको सिङ – २ थान अन्य हाड अखेटोपहार फेला पारी वडा प्रहरी कार्यलय रामबजारमा राखेको छ ।