लागुऔषध गाँजासहित दुई पक्राउ

तनहुँ संवादाता ।

तनहुँ प्रहरीले एक किलो २५० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला रौतामाई गाउँपालिका– ३ का १९ वर्षीय विजय राई र कास्की जिल्ला अन्नपुर्ण गाउँपालिका– १ का २१ वर्षीय आनन्द केसी रहेका छन् ।

बिहिबार शुक्लागण्डकी नगरपालिकाको ५ नम्वर वडा स्थित बेलचौतरामा शंकास्पद अवस्थामा हिँडिरहेका राई र केसीलाई प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुले झोलाभित्र लुकाइछिपाई ओसारपोसार गर्दै गरेको एक किलो २५० ग्राम गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई तनहुँ जिल्ला अदालतबाट लागु औषध गाँजा मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको डिएसपी तिमिल्सिनाले बताए ।

कमेन्टहरु
Loading...