डुम्रेबाट पाकेटमारहरु पक्राउ

तनहुँ संवादाता ।

तनहुँ प्रहरीले दुई जना पाकेटमारलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामघाट– ७ सर्लाही घर बताउने ५२ वर्षका हर्कबहादुर तामाङ र आमभन्ज्याङ– १ मकवानपुर घर बताउने ४७ वर्षीय दोर्जे लामा रहेका छन् ।

भानु नगरपालिका– १ साजवोटेका ६१ वर्षीय ओमबहादुर तिरुवाको साथमा रहेको नगद १६ हजार पचास रुपैयाँ चोरी गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई डुम्रेबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ परेका दुबैलाई चोरी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कमेन्टहरु
Loading...