शिक्षकको हत्या आरोपमा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ

काठमाडौं । नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । सिलवाललाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट बुधबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार जानकारी दिएको छ ।

प्रहरीले उनले मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको दाबी गरेको छ । उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षकले जानकारी दिएका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...