एक लाख ५० हजार घुस लिदै गर्दा सव इन्जिनियर पक्राउ

तनहुँ संवादाता ।
जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सव इन्जिनियर सुरेन्द्र अधिकारीलाई अख्तियारको टोलीले बुधबार एक लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

व्यास नगरपालिका–२ मालपोत लाइनमा रहेको भिरकोट रेष्टुरेन्टबाट अधिकारीलाई घुस रकम लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका डिएसपी दिपेन्द्र पञ्जियार थारुले बताए ।

विद्यालयको शौचालय अनुगमन वापतको कमिसन रकम लिदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

भानु नगरपालिका–५ मैवल स्थित सरस्वती माध्यामिक विद्यालयको शौचालय भवन निर्माणको अनुगमन गरेवापतको कमिसन लिने क्रममा थारुको नेतृत्वमा आएको टोलीले अधिकारीलाई रकमसहित पक्राउ गरेको हो ।

सरस्वती माध्यामिक विद्यालयको शौचालय निर्माणका लागि आयोजना कार्यान्वयन एकाईले १४ लाख ६९ हजार रुपैयाँ बजेट विनीयोजन गरेको विद्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...