५० राउण्ड गोली सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ

काठमाडौं । पेस्तोलमा लाग्ने ५० राउण्ड गोली सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ परेका छन् । ९ एमएम पेस्तोलमा लाग्ने ५० राउण्ड गोली सहित झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ मा बद्रीहाङ राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार श्री एयरलाइन्सबाट झापाको भद्रपुर जाँदै गर्दा विमानस्थलबाट राईलाई पक्राउ गरिएको हो । सुरक्षा चेकजाँचका क्रममा राईको साथबाट उक्त गोली भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

कमेन्टहरु
Loading...