धनगढीमा २ जना प्रहरीको हत्याका मुख्य योजनाकार पक्राउ

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी हत्याका मुख्य योजनाकार पक्राउ परेका छन् । उक्त अस्थायी पोस्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक तथा प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न मुख्य योजनाकार शुकबहादुर राना भनिने अमर राना पक्राउ परेका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाका ३४ वर्षीय घटनाका मुख्य योजनाकार रानालाई प्रहरीले भारतीय सीमा नजिक सोही उपमहानगरपालिका वडा नम्बर ११ फुलबारीबाट पक्राउ गरेको हो । गस्तीकै क्रममा २ जना प्रहरीको हत्यापश्चात फरार भएका थिए । राना भारतबाट नेपाल आइरहेको भनिने गोप्य सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी सहायक निरीक्षक विक तथा प्रहरी जवान साउदको मटर तस्करी गरि रहेको अवस्थामा गस्ती टोलीले फेलापारी नियन्त्रणमा लिने क्रममा धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो ।

हत्यामा संलग्नमध्ये हाल जना पर्कु भनिने रोहित राना, राजेन्द्र राना, चोर भनिने सुरेश राना, गब्बर भनिने राज कुमार राना, राम निवास राना, टल्लु भनिने दलराम राना, रोहित राना र गोपाल भनिने राम गोपाल रानालाई पक्राउ गरी अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिसकिएको छ । उनीहरु पुर्पक्षका लागि थनामा छन् । त्यस्तै घटनामा संलग्न राजिव गुप्ता १ लाख ५० हजार धरौटी बुझाएर रिहा भएका छन् ।

कमेन्टहरु
Loading...