गुरुङ टोलबाट १ हजार लिटर रक्सी र भाँडाकुडा नियन्त्रणमा

गन्थन डेस्क

बाराको इलाका प्रहरी कार्यालय सिमरा र अमलेखगञ्जको संयुक्त टोलीले सिमरा उपमहानगरपालिका वडा २१ बाट १ हजार लिटर घरेलु रक्सी बरामद गरी नियन्त्रणमा लिएको छ ।

टोलीले विशेष सूचनाको आधारमा शनिबार साँझ वडाको गुरुङ टोलमा १४ वटा अवैध भट्टी फेला पारेको थियो ।

त्यहाँबाट रक्सीसहित १ हजार ५ सय लिटर रक्सी बनाउने कच्चा पदार्थ र भाँडाकुँडासमेत नियन्त्रणमा लिएको छ ।

प्रहरीले कसैलाई पक्राउ भने गरेको छैन । साथै, उक्त अवैध भट्टी सञ्चालकहरुको नामसमेत गोप्य राखेको छ ।

कमेन्टहरु
Loading...