१९ वर्षिया किशोरी द्रारा ६ वर्षिया बालिकाको हत्या

काठमाडौं । रसुवामा ६ वर्षिया बालिकाको अपरहणपछि हत्या भएको छ । जिल्लाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हो ।

आइतबार बिहान विद्यालय गएकी सुमिना साँझसम्म पनि घर नफर्किएपछि परिवारले खोजीकार्य सुरु गरेको थियो । परिवारका सदस्यको निवेदनका आधारमा खोजी गर्दा कालिका गाउँपालिका–१ स्थित नागुर्दुङ भीरको ओढारमा घाँसले छोपिएको अवस्थामा मंगलबार बालिकाको शव भेटिएको हो ।

बालिकालाई हत्या गर्ने नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपीका अनुसार पक्राउ परेकी सपनाले सुमिनाको हत्या गरेको स्वीकार गरिसकेकी छन् । हत्यापछि सुमिनाले लगाएको स्कुलको ड्रेस फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा फालिदिएको बयान सपनाले प्रहरीलाई दिएकी छन् ।

शव भेटिएको नजिकै बालिकाको झोला र चप्पल भेटिएको थियो । त्यहीँ नजिकै चाउचाउको प्याकेट पनि भेटिएको छ । हत्यामा संलग्न सपनामाथि सात दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको डिएसपीले जानकारी दिए ।

कमेन्टहरु
Loading...