पोखरा । पोखरा महानगरपालिका वडा नं ३१ लट्टेवारीमा रक्सी माग्ने क्रममा विवाद हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार सांझ ७:४५ बजे खड्क बहादुर गुरुङको घरमा रक्सी माग्ने क्रममा विवाद हुँदा ४५ वर्षीय शिव वहादुर खड्काको मृत्यु भएको हो ।
विवाद भएपछि भाग्ने क्रममा अचानक बाटोको डिलबाट नालिमा खसेका खड्का गम्भीर घाइते भएका थिए । उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो
घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।