सांकेतिक तस्बिर
दिपक के श्रेष्ठ
सिंगापुर पठाइदिन्छु भन्दै नगद ठगी गर्ने जनोज लामिछाने भनिने विशाल दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेको जनाएको छ । धरान बुद्धचोक घर भएका २७ वर्षीय लामिछानेलाई टोलीले काठमाण्डौंको सिनामंगलबाट पक्राउ गरेको जनाएको छ ।
उनले एक महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगेर उनी फरार थिए ।
पीडित महिलाले लामो समयसम्म खोजी गर्दा पनि फेला नपारेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले पीडित महिलाको नाम गोप्य राखेको छ ।
सूचना पाएलगत्तै खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । महाशाखाले आवश्यक कारवाहीकालागि महानगरीय प्रहरी परिसरमा जिम्मा लगाइएको छ ।