काठमाडौं । मोरङमा शिक्षकको अपहरण पश्चात गोली हानी हत्या भएको छ । नेत्रविक्रम चन्द पिप्लव समूहले मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ बर्खेका ५४ वर्षीय राजेन्द्र श्रेष्ठको आज बिहान टाउकोमा गोली हानेर हत्या गरेको हो ।
श्रेष्ठ पेसाले शिक्षक रहेको प्रहरीले जानकारी दिएको छ । उनी अस्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका थिए ।
प्र्रहरीले दिएको जानकारी अनुसार श्रेष्ठलाई विप्लव माआवादीको समूहले आफ्नै निवासबाट अपहरण गरेर लगेपछि बख्रे जंगलमा लगेर हत्या गरेको हो ।
आज बिहान करिब सवा ६ बजेको समयमा ५ जनाको समूहमा आएका विप्लव नेतृत्वका कार्यकर्ताले श्रेष्ठलाई उठाएर लगेको र उनको घरबाट करिब आधा धण्टा टाढा रहेको जंगलमा लगेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी छ ।