एकतर्फी बहसको आधारमा धर्मगुरु सिद्धबाबालाई बलात्कारको मुद्धामा सफाई

काठमाडौं । धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले बलात्कार सम्बन्धी मुद्धामा सफाई पाएका छन् ।

उनलाई जिल्ला अदालत सुनसरीले सफाई दिएको हो । सरकारको अभियोग दावी ठहर नहुने भन्दै न्यायधीश अर्जुनप्रसाद कोइरालाको इजलासले धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाई दिएको हो ।

यस अगाडि सरकारी वकिलले पेशी सार्न निवेदन दिएका थिए ।

उक्त निवेदनलाई बेवास्ता गर्दै सुनुवाई गरेर उनलाई अदालतले सफाई दिएको हो ।

आजको बहसका लागि सरकारी वकिलहरु अदालतमा उपस्थित नभएको जिल्ला अदालत सुनसरीका श्रेष्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिएका छन् । सुनसरीको चतरामा आश्रम बनाएर बस्दै आएका धुर्मगुरु सिद्धबाबालाई उनकै १ जना अनुयायी महिलाले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

कमेन्टहरु
Loading...