रौतहट । रौतहट बमकाण्डका मुख्य आरोपी मोहम्मद अफ्ताब आलमका भाई मोहम्मद महताब आलम भारतको मोतीहारीबाट पक्राउ परेका छन् ।
२०६४ चैत्र २७ गते करिब १ दर्जन व्यक्तिको ज्यान जाने गरी जिल्लामा भएको बमकाण्डका मुख्य अभियुक्त, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका निलम्बित सांसद अफ्ताबका भाई भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई नेपाल ल्याइँदै छ ।
गत जेठ ८ गते उनी आफ्नो घर आएको सुचनाका आधारमा प्रहरी उनको घरमा छापा मार्न पुगेको थियो । सो क्रममा स्यानीयले प्रहरीलाई अवरोध गरेका थिए ।
स्थानीयको अवरोध पश्चात् प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो । उनी महताब भने पक्राउ गरेका थिएनन् । महताबले आफ्ना दाई मोहम्मद अफ्ताब आलमको योजनामा सबै काम गरेको प्रहरीले जानकारी दिएको छ । अफ्ताब भने सोही काण्डमा जेलमा छन् ।
चुनावका समयमा २०६४ साल चैत्रमा आलमका काका शेख इद्रिसको घरमा बम बिस्फोट भएको थियो ।
सो बिस्फोटमा घाइते भएका २२ वर्षीय ओसी अक्तर तथा २४ वर्षीय त्रिलोकप्रताप सिंहलाई ईंट्टा भट्टीमा जिउँदै जलाएको उनीहरु दुवै जना दाजुभाइलाई आरोप लागेको छ । दाजु अफ्ताबलाई तत्कालीन एसपी भुपेन्द्र खत्रीले गत वर्षको असोज २६ गते नै पक्राउ परेका थिए ।
उनी आफ्नै निजी निवास राजपुरको फरहदवाबाट पक्राउ परेका थिए ।