सम्झना हत्याकाण्डका अभियुक्त फरार भएको १० घण्टापछि पक्राउ, ३ प्रहरी निलम्बित

बझाङ । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरेको आरोपमा पक्राउ परेका राजेन्द्र बोहरा कारागारबाट फरार भएको १० घण्टापछि पुनः पक्राउ परेका छन् ।

उनलाई डोटीमा रहेको बालसुधारगृहमा राखिएको थियो । बिहीबार राति १०ः३५ बजे झ्यालबाट भागेका उनलाई डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर १ बाट प्रहरीले पक्राउ गरेको हो ।

बाल सुधारगृहमा रहेका राजेन्द्र सहित अन्य ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । सोही क्रममा मौका छोपेर उनी फरार भएका थिए ।

बालिका बलात्कार तथा हत्याको आरोप लागेका उनलाई उमेर सानो भएपछि बाल सुधार गृहमा राखिएको थियो ।

यसैबीच बोहराको सुरक्षाका लागि खटिएका १ जना हवल्दार तथा २ जना जवानलाई निलम्बन गरिएको छ । सुदुरपश्चिम प्रदेशर प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय डोटीलाई ३ जना प्रहरीलाई निलम्बन गरेर घटनाका विषयमा थप छानविन गर्न निर्देशन दिएको हो ।

कमेन्टहरु
Loading...