बझाङ । १२ वर्षीया बालिका समझना विकको बलात्कारपछि हत्या गरेको आरोप लागेका राजेन्द्र बोहोरा फरार भएका छन् । बोहोरा बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
आरोपपछि उमेर सानो भएकाले बाल सुधार गृहमा राखिएका उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखिएको थियो । आइसोलेसनबाट नै उनी फरार भएको प्रहरीले जानकारी दिएको हो ।