स्वरसम्राट नारायणगोपालको ३० औँ स्मृति दिवस मनाईँदै

स्वरसम्राट नारायणगोपालको ३० औँ स्मृति दिवस शुक्रबार मनाईँदै छ ।

नेपाली सुगम संगीतका अजम्बरी गायक नारायणगोपालको वि सं १९९६ सालमा काठमाडौँको किलागलमा जन्म भएको थियो । उनको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो ।

२०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३५ भन्दा धेरै गीत गाएका छन् ।

उनको  ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’ लगायतका गीत अहिले पनि उत्ति नै रुचाइएका छन् ।

यो वर्ष कोरोना भाइरसको महामारीका कारण सीमितको सहभागितामा कार्यक्रम हुँदैछन् ।

कमेन्टहरु
Loading...