पोखरामा ११ वर्षीय फरक क्षमता भएकी बालिका जर्वजस्ती करणी गर्ने पक्राउ

पोखरा । ११ वर्षीय फरक क्षमता भएकी बालिकालाई जर्वजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नावालिकालाई घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्की समेत दिई ललाई फकाई गरी जबरजस्ती करणी गरेको जबरजस्ती करणी गरेको भन्ने सुचनाको आधारमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ घर भई हाल पोखरा महानगरपालिका वडा नं १६ लामाचौर बस्ने बर्ष २९ को दिपक भनेर चिनिने प्रकाश नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए।

आरोपित सुनार विरुद्ध प्रहरीले जबरजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाएको डिएसपी हमालले जानकारी दिए ।

कमेन्टहरु
Loading...