चुनावको नतिजा अहिलेसम्म स्वीकार नगरेका ट्रम्पको सार्वजनिक वक्तव्य : आउँदो प्रशासन आफ्नो नुहने आशय

काठमाडौं । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावमा पराजित भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएर बोलेका छन् । उनले चुनावको नतिजा अहिलेसम्म स्वीकार गरेका छैन । तर आउँदो प्रशासन आफ्नो नुहने आशयको वक्तव्य सार्वजनिक रुपमा दिएका छन् ।

 

नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएर बोलेका ट्रम्पले आफ्नो प्रशासनले पुनः लकडाउन नगर्ने बताएका हुन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा कोरोना भाइरस सम्बन्धी ब्रिफिङ्गको क्रममा ट्रम्पले ‘यो प्रशासनले पुनः लकडाउन गर्ने छन् । आशा गरौँ‘ भविष्यमा जे भए पनि, कसलाई थाहा छ र कसको प्रशासन हुनेछ, मलाई लाग्छ समयले बताउने छ । तर म यो भन्न सक्छु कि अहिलेको प्रशासनले लकडाउन गर्ने छैन ।’

ट्रम्पले विगतमा जस्तो कोरोना भाइरस सम्बन्धी ब्रिफिङ्गको क्रममा पत्रकारहरुका प्रश्नको जवाफ दिएनन् । ब्रिफिङ्गको क्रममा चुनावको नतिजाबारे सोझै केही नबोलेका ट्रम्पले आउँदो प्रशासन आफ्नो नहुने आशयको वक्तव्य दिए । जुन उनले नोभेम्बर ३ यता ट्वीट गरेर लगाइरहेका आरोपहरु भन्दा विपरित थियो ।

 

डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर राष्ट्रपतिमा विजयी भएका छन् । पराजित भएका ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका थिए । ट्रम्पले लगातार प्रमाण बिना चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप सामाजिक सञ्जाल मार्फत लगाउँदै आएका छन् ।

कमेन्टहरु
Loading...