१७ वर्षिय युवतीको गोली हानी हत्या

रौतहट । रौतहटमा गोली प्रहारबाट एक जना युवतीको हत्या भएको छ । गए राति करिब ११ बजेतिर रौतहटको माधवनारायण नगरपालिकामा वडा नम्वर ७ कि १७ वर्षीया युवतीको गोली हानी हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट घटनास्थलमा प्रहरी उपरीक्षक सिद्धिविक्रम साहसहितको टोली पुगेका छन् । राति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गोली प्रहार गर्ने समूहको खोजी भइरहेको छ। अमृताको विवाह गत वर्ष फागुनमा सर्लाही मधुवनगोठका रूपेश साहसँग भएको थियो।विवाहको केही समयपछि उनी लौकाहास्थित माइतीमा बस्दै आएकी थिइन्। गत असारमा अमृताले श्रीमानसँग सम्वन्ध विच्छेद गरेकी थिइन्।

कमेन्टहरु
Loading...