ट्रम्पका मुख्य सहयोगी मेडोजलाई पनि कोरोना संक्रमण

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उनी निकट स्रोतहरुले पनि उनी संक्रमित भएको जनाएका छन् ।

उनीसहित अरु पनि धेरै उच्च सरकारी अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भएको शुक्रबार पुष्टि गरिएको छ । अमेरिकामा कोरोनाभाइरसका कारण २ लाख ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्यांक छ ।

कोरोनाका कारण मृत्यु भएका र संक्रमित भएकाहरुको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । राष्ट्रपति पदका लागि अहिले उम्मेदवार समेत रहेका ट्रम्पका मुख्य सहयोगी नै संक्रमित भएपनि पूर्ण विवरण भने दिइएको छैन ।

मुख्य सहयोगी मेडोज मतदानको दिन ट्रम्पसँगै विभिन्न ठाउँमा गएका थिए । त्यति बेला उनले मास्क समेत प्रयोग गरेका थिएनन् । त्यसैले उनीबाट धेरै जना प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनी मतगणना स्थलहरुमा पनि मास्क बिना जाने गरेकाले उनले धेरैलाई सारेको हुन सक्ने अधिकारी तथा चिकित्सकहरुले बताएका छन् । यसअघि राष्ट्रपति ट्रम्प संक्रमित हुँदा पनि उनलाई सबैभन्दा बढी सहयोग गर्नेमा मेडोज नै रहेका थिए । ट्रम्पले कोरोना भाइरसलाई सामान्यीकरण गर्दै आएका छन् ।

अमेरिकामा पछिल्ला केही दिनदेखि दैनिक १ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित हुने गरेका छन् । अहिलेसम्म ९७ लाखभन्दा बढी भन्दा बढी संक्रमित भएका छन् । रासस

कमेन्टहरु
Loading...