काठमाडौं । फ्रान्स पुन कोरोना महामारीले प्रभावित बनेको छ । महामारीको दोस्रो लहरबाट प्रभावित भएको फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार मात्र फ्रान्समा ६० हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार फ्रान्समा अहिलेसम्म १७ लाख ९ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म फ्रान्समा कोभिड–१९ का कारण ३९ हजार ९ सय १६ जनाको ज्यान गएको छ। शुक्रबार एकै दिन ८ सय २८ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । फ्रान्समा अहिले दोस्रो पटकको लकडाउनको पहिलो हप्ता जारी छ । लकडाउन कम्तीमा आउँदो डिसेम्बर १ सम्म जारी रहने छ ।