भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार ३३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८३ लाख १२ हजार ९४७ पुगेको छ ।
संक्रमितमध्ये ७६ लाख ५४ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ६५० पुगेको छ ।