नेपाल प्रहरी अहिले ¥यापर समीर घिसिङ अर्थाट भिटेनलाई खोज्दैछ । खोज्नुको कारण स्पष्ट छ उनले पछिल्लो समय रिलिज गरेको ¥याप ‘पारा’मा केही बढी नै पारा देखाए । भिटेनले पारा देखाएपछि प्रहरीको पारो चढ्यो । त्यही चढेको पारो ओराल्न पारा देखाउने भिटेनलाई समातेपछि बल्ल प्रहरीले ओखती पाउनेछ । अहिले प्रहरी त्यही ओखतीको खोजीमा कम्मर कसेर लागेको छ । तर ओखती कता लुकेछ कुन्नी प्रहरीले भेउ पाउन सकेको छैन । कतै ओखती नपाएर प्रहरीको बेइज्जत हुने त हैन, चिन्ता प्रहरीलाई नै छ । उ आफ्नो बेइज्जती भएको हेर्न, देख्न र सुन्न कदापि सक्दैन ।
नेपालमा अंग्रेजी संगीतको मोह बढ्न थालेको पर्यटनको आगमनसँगै हो । राजधानीको झोंछेमा सम्भवतः स्थानीयले अंग्रेजी गीत सुन्दै व्यापक बनाउन थालेका हुन् । जो, पछि फ्रिक स्ट्रिटको नामले चिनिन थाल्यो । चल्तीको भाषमा खैरे भनिएपनि गाँजा र चरेसमा खर्च गर्ने तर अन्य व्यापार नदिने खैरेहरुलाई भांग्रे भन्न थालियो । त्यसो त यस्ता भांग्रेहरु लेकसाइडमा प्रशस्तै भेटिन्छन् । नामजस्तै ‘फ्रिक’ उनीहरुको दिनचर्या गाँजा र संगीतमै बित्थ्यो । यो लगभग ७० को दशकतिरको कुरा हो । झोंछे फ्रिक स्ट्रिट हुँदै हिप्पी ट्रेलको नामले पनि चिनिँदै थियो । र, नेपालको ड्रग सेलिङ स्टेशन बनिसकेको थियो । सोही दशकमा अमेरिकामा अफ्रिकन मुलका नागरिकले हिपहप संगीत शुरु गरेका थिए । त्यही हिपहपलाई प्रस्तुतीका हिसाबले ¥यापर पनि भनिन्थ्यो ।
संगीतको यही विधामार्फत आफुलाई दोस्रो दर्जाको नागरिक ठानिएको विरोधमा अफ्रिकन अमेरिकनहरुले व्यवस्थाविरुद्ध असन्तुष्टी पोख्ने माध्यम बनाए । तर यसलाई राज्यले ठूलो हंगामाको रुपमा लिएन । विरोध गर्नेले संगीतको सहारा लिइरहे । काला समुदायमा सिमित जस्तै रहेको यो विधा सन् १९७५ मा भियतनाम युद्धपछि गोरा समुदायले पनि पच्छ्याउन थालेको पाइन्छ । विशेष गरी अमेरिकीहरु, जो युद्ध रुचाउँदैनथे र उन्मुक्त भएर बाँच्न चाहन्थे, उनीहरुको आकर्षण हिपहप, ¥यापतर्फ बढ्न थाल्यो । त्यस्तै उन्मुक्त जीवनको खोजीमा नेपाल आइपुगेपछि हाम्रो समाजले पनि संगीतको नयाँ स्वाद पायो ।
नेपाली ¥यापको विकासक्रमलाई नियाल्दा सुरुवाती दिनमा हिपहप शैलीले श्रोतालाई आकर्षित गर्न सफल भयो । गीतको फम्र्याट, प्रस्तुतीको शैली, हाउभाउ र कलाको बलमा धेरै चर्चित भए । यसबीचमा कोही हराए, कोही रहेनन् । तर पछिल्लो अझ भनौं किशोर पुस्ताले यसको बिंडो थामिनै रहे । हिपहपपछि ¥याप ब्याटलमार्फत फेरि यसको चर्चा चुलियो । यमबुद्धले यही ब्याटलमार्फत धेरैलाई यस विधामा भित्र्याए । उनी रहेनन् तर धेरैले उनलाई आइडल मान्दै अनवरत कर्ममा लागिरहे । त्यही मध्येको एउटा ठिटो हो समीर घिसिङ, जो नेपाली ¥यापको दुनियाँमा भिटेन भनेर चिनिएको छ ।
प्रहरीले भिटेनलाई भेट्यो भने पक्कै केही थान भाटा भाँच्नेछ । यसअघि पनि भाँचेकै हो । तर करङ दोब्रिने गरी र छाला फेरिने गरी भाटा खाएपनि भिटेनले बाटो फेरेन । उ गाइरहेको छ । सांकेतिकरुपमा हतकडी लगाएर हिरासतभित्रै बसेर ¥याप हानिरहेको छ । आखिर भिटेन यो सब किन गरिरहेको छ ?
एक वर्ष अघि भिटेनको ‘हामी यस्तै त हो नी ब्रो’ रिलिज भयो । जसमा एउटा लाइन ‘डन्ठेहरुलाई फक साइन’ भन्ने थियो । यही लाइनले प्रहरी रन्कियो, सन्कियो र फन्कियो । नतिजा, भिटेन खोरमा परे । भिटेन खोरमा परेपछि पक्राउ परेको समाचार व्याप्त भयो । तर, कमैलाई थाहै छ यसअघि नै उनी ६ पटक पक्राउ परिसकेका थिए । अब पाराकाण्डमा पक्राउ परे भने यो उनका लागि आठौं पटक हुनेछ ।
पछिल्लो रिलिज नम्बर पारामा भिटेनको प्रस्तुती र भिडियो अन्तर्राष्ट्रिय क्वालिटीको छ भन्दा फरक नपर्ला । तर यहाँ क्वालिटीले दाल गल्दैन । शब्दको अर्थ खुट्याउँदा राज्यलाई यो पचेन । पाराको सुरुवाती दृश्यमा प्रहरीको गाडी विष्फोट गराइएको छ । त्यसपछि सुरु हुने शब्दमा अश्लीलता भेटिन्छ । प्रहरीलाई डन्ठे भनेसँगै महिलालाई दूव्र्यवहार गर्ने शब्द त्यत्तिकै छन् । पारा सुन्दा तपाई हामी जो कोहीको पारो तातेर आउँछ । कन्सिरी तातेर आउँछ । भिटेनलाई भेट्ने बित्तिकै चड्काउन मन लाग्छ । हामीलाई त त्यस्तो लाग्छ भने प्रहरीलाईं पारो तात्नु स्वभाविकै हो । गीतमा भने जस्तै प्रहरीले भिटेनलाई भेट्यो भने पक्कै केही थान भाटा भाँच्नेछ । यसअघि पनि भाँचेकै हो । तर करङ दोब्रिने गरी र छाला फेरिने गरी भाटा खाएपनि भिटेनले बाटो फेरेन । उ गाइरहेको छ । सांकेतिकरुपमा हतकडी लगाएर हिरासतभित्रै बसेर ¥याप हानिरहेको छ । आखिर भिटेन यो सब किन गरिरहेको छ ?
अहिले युट्युबको ट्रेन्डिङमा एक नम्बरमा रहेको छ पारा । भिटेन तामाङ समुदायका युवा हुन् । रौतहट चन्द्रपुरका भिटेन अहिले २४ लागे । काठमाण्डौंमा उनको संगत र रुचिले उनको सांगीतिक यात्रा हिपहपतर्फ लाग्यो । शब्द र प्रस्तुति केही नरम र शालीन लाग्ने हिपहपमा उनले बाटो थोरै मोडेर ¥यापतिर लागे । भिटेनलाई बुझ्न उनको २ वर्षअघि रिलिज भएको कथा सुन्न जरुरी छ । जसमा पोखरेली गायक धर्मेन्द्र सेवानले पनि साथ दिएका छन् । जहाँ ‘बाटो खोज्दा बाटो नपाएको, फुल्न खोज्दा माटो नपाएको’ शब्द उनिएको छ ।
तपाई मान्नुहोस् वा नमान्नुहोस्, तामाङ यो देशको सिमान्तकृत वर्ग हो । संविधानको पाना पल्टाउँदै प्रमाण खोज्न थाल्नु भयो भने यो भनाइप्रति तपाइको विमति रहनेछ । केही थान तामाङलाई हेर्नु भयो भने अलग कुरा नत्र तामाङ यो देशको आउटसाइडर हो । रैथाने थलो काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकतिर नजर लगाउनुहोस्, उनीहरुको जीवनशैलीले गणतन्त्रलाई गिज्याउँछ । काठमाण्डौं नजिकको शहर हो तर ठूलो संख्या ट्याक्सीको स्टेरिङमा भविष्यको खाका कोर्दैछ । गाउँतिर चेली फकाउनेहरु अझैपनि छ्याप्छयाप्ती भेटिन्छन् । आदिवासी जनजातिको आन्दोलनमा होमिएका राई, लिम्बु, गुरुङ, मगरहरु कतै न कतै नीति निर्माणको तहमा छन् । देशभित्र सरकारी जागिर र विदेशको आर्मीमा अवसर पाइरहेका छन् । युरोप र अमेरिकामा छन् । यसको ठिक उल्टो यो देशमा तामाङहरु अवसरविहीन छन् । बरु थुप्रै अपराधमा तामाङहरु संलग्न भएको तथ्यांक हुनसक्छ । यसको दोष तामाङको थाप्लोमा राखेर राज्य उम्किरहेछ ।
जनतालाई रेल, पानीजहाज, चुल्हामा पाइपबाट ग्याँस र कोही भोकै मर्नु नपर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्रीलाई कारवाहीको माग गरे प्रहरीले के गर्छ ? होइन, प्रधानमन्त्रीले जोक्स भनेका हुन् भने भिटेनले पनि जोक्स भन्न पाउनु पर्छ ।
भिटेनलाई सिमान्तकृत भनेको थाहा नहोला । आउटसाइडर भनेको कत्तिको बुझ्ला ? र, गणतन्त्रको परिभाषा कति थाहा होला ? सन् २०१६ सम्म राजधानीमा थांका आर्ट गर्दै पेट पाल्ने केटो संगीतको हतियारले विद्रोही बन्नुमा उसको भोगाई र समाजप्रतिको स्वमूल्यांकन नै हो । तर यसो भनिरहँदा उसले आफ्नो उमेरका युवाहरुको भोगाइलाई प्रतिबिम्बित गरिहेको छ । बस्, फरक यत्ति हो उसले विप्लव ग¥यो र धेरैले उसलाई सुनेर समर्थन गरे । उसको विद्रोहलाई राज्यबाट नियुक्तिको उपहार पाउने अवसरवादीले अपव्याख्या गर्दै ठेड्कोमा हाल्नुपर्ने अर्जी गर्न थाले । दोहोरीलाई संस्कार र संस्कृतिको उपमा दिँदै पाए अरुको बुढीसमेत भगाउनेखालका शब्दमा ताली पिट्दै लोकसंस्कृतिको भजन गाउने चाटुकारहरुले भिटेनलाई अराजक देखे ।
भिटेनको गीतले संस्कृतिमाथि धावा बोलेको, छोरी चेली बिगारेको वा बिगार्न सक्ने, प्रहरी र राज्यमाथि धावा बोलेकोजस्ता आरोप लगाइएको छ । यसमा दम छ । यदि उसका गीतहरु सार्वजनिकरुपमा प्रशारण ग¥यो भने । तर यो समय ०४६ साल अघिको हैन । जहाँ नेपाल टेलिभिजनमा ‘चौतारीमा राजा भेटियो’ र भूमिगततवरले ‘गाउँगाउँबाट उठ’जस्ता गीत सुनिन्थ्यो÷सुनाइन्थ्यो । अहिलेको माध्यम फरक छ । समाजको चाहना फरक छ । भीटेनका नम्बरहरु युट्युबमा आउँछन् । जहाँ भिटेनको गीत आउने बित्तिकै परिवारका सबैलाई बोलाएर सुन्नुपर्छ भन्ने छैन । अहिलेको समयमा परिवारसँगै बसेर हेर्ने खुराकहरु छैन भन्दा पनि हुन्छ । सबैको आफ्नै मिडियम छ । अरु त अरु ब्लु फिल्म हेर्ने शैलीसमेत फरक भएको यो जमानामा परिवारसँग बसेर तपाई के हेर्नुहुन्छ ?
एउटा अन्तरवार्तामा भिटेनलाई पत्रकारले सोेधेका छन् ‘तपाइका गीत हेरिनसक्नु, सुनिनसक्नु छन् नि ?’, ‘तपाई नहेर्नुहोस्, नसुन्नुहोस्’ भिटेनले सपाट जवाफ फर्काएका छन् । वास्तवमा उत्तर यही हो, तपाइलाई पच्दैन भने किन सेवन गर्नुप¥यो ।
यहाँ कुरा धार्मिक श्रृंखला रामायण र महाभारतको होला । त्यो पनि चोखो छैन । रामायणमा सीतालाई अग्नीदहन गराउने कर्तुत त्यही छ । महाभारतमा त द्रौपदीको वस्त्रनै हरण गरियो । सबै बसेर हेर्ने, सुन्ने, सुनाउने भनेको स्वस्थानी व्रतकथा हो । त्यहाँ पनि विभिन्न रुपधारण गरी परस्त्रीगमन गर्नेदेखि छलकपटका श्रृंखला छन् । भन्नुहोस्, अब तपाई के हेर्नुहुन्छ ? कि तपाइलाई परिवारसँगै बसेर ‘उध्रेको चोली’ हेर्दा इज्जत बढेको सम्झँदै हलबाट निस्कनुहुन्छ ? एउटा अन्तरवार्तामा भिटेनलाई पत्रकारले सोेधेका छन् ‘तपाइका गीत हेरिनसक्नु, सुनिनसक्नु छन् नि ?’, ‘तपाई नहेर्नुहोस्, नसुन्नुहोस्’ भिटेनले सपाट जवाफ फर्काएका छन् । वास्तवमा उत्तर यही हो, तपाइलाई पच्दैन भने किन सेवन गर्नुप¥यो । तपाइलाई मनपर्ने थुप्रै परिकार मिडियाभोजमा छन्, छानेर खानुहोस् जुन तपाइलाई हजम हुन्छ ।
¥याप गाउने हैन, हान्ने हो । उ सिंगर हैन, ¥यापर हो । उनीहरुको गीतले प्रहरी संगठन तिल्मिलाउनु पर्ने त्यस्तो कुनै कारण छैन । प्रहरीको अधिकार संगीतमाथि सेन्सर गर्ने पनि हैन । सर्जकहरुले समाजलाई ऐना मान्छन् । त्यो ऐनामा जे देख्छन्, त्यसलाई पस्कन्छन् । प्रहरीले वाहवाही कमाउन भिटेनलाई पक्रेर बहादुरी देखाउन थाल्दा उ झनै नांगिन सक्छ । अझ, प्रहरीले अन्डरग्राउण्ड संगीत सुन्यो भने के गर्ला ? बोलेको र गाएको भरमै प्रहरी एक्सनमा उत्रिने हो भने कुमार बस्नेतलाई के गर्ने ? जनतालाई रेल, पानीजहाज, चुल्हामा पाइपबाट ग्याँस र कोही भोकै मर्नु नपर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्रीलाई कारवाहीको माग गरे प्रहरीले के गर्छ ? होइन, प्रधानमन्त्रीले जोक्स भनेका हुन् भने भिटेनले पनि जोक्स भन्न पाउनु पर्छ । अझ, प्रधानमन्त्रीले त लाउडस्पिकरमार्फत बोलेका छन् । देशैभर उनले बोलेको सुनिएको छ । खैर, यस लेखको अर्थ भिटेनलाई हिरो बनाउनु हैन । संगीतको जानरा बुझ्न अपील गर्नु हो । हिपहपको उत्पति, कारण, अर्थ बुझ्न झक्झक्याउनु हो । हिपहपको उत्पति भएको देश स्वयं अमेरिका, अमेरिकी समाज र त्यहाँको समाज हिपहपबाट तर्सेको छैन भने हाम्रो देश किन तर्सिरहेको छ ? बिहे नभएको झोंकमा ‘पोइल जान पाम्’ भन्दै स्टेजमा कुर्लने कोमल ओली सरकारलाई पाच्य हुँदा निरश युवाको आवाज बोक्ने भिटेन किन अपाच्य भयो ?
अन्त्यमा, मलाई दोहोरी मन पर्दैन । आधुनिक मन पर्दैन । नारायणगोपाल पनि मन पर्दैन । गणतन्त्रको काफल पाकेपछि जेबी टुहुरे, मञ्जुल र जीवन शर्मा पनि बोर लाग्छ । र, भिटेनकै पारामा भन्न मन लाग्छ ‘¥याप भनेको यही हो मु… कस्तो थाहा नभाको ।’