ग्रिस र टर्कीमा ७ म्याग्निच्यूडकाे शक्तिशाली भूकम्प

पाेखरा । टर्की र ग्रिसमा शुक्रबार साझ ७ म्याग्निच्यूडकाे
भुकम्प गएको छ ।
ग्रिक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीकी इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको हाे ।

अमेरिकी भूगर्भ निकायका अनुसार ७.० म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको छ।

उत्त भुकम्पबाट के कति क्षति तथा हताहतीबारे कुनै खबर प्राप्त भएको छैन। तर टर्कीको इज्मिर नगरमा केही घरहरू भत्केका तस्वीर सार्वजनिक भएकाेे देख्न सकिन्छ।

टर्की भुकम्प गइराख्ने देशमा सुचिमा पर्दछ । सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा परि करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए भने धेरै भाैतिक सरचनाकाे पनि तहनहस भएको थियाे ।

कमेन्टहरु
Loading...