निर्मलाको दशैं…

कति मन पर्थ्यो है आमा मलाई
घटस्थापानाको दिन कति खुसि हुन्थे है आमा
त्यसदिन जमारा राख्ने भनेर
नोै दिनसम्म दुर्गा माताको नाममा व्रत बसेर
नोै दिनको खुट्टामा जल खानुहुन्थ्यो हेै आमा
छिमेकी आन्टिले पनि जल खाएर लोै नानी १० रुपैया भन्दै
दिँदा पनि यो मन कति रमाउथ्यो है आमा

तर

आमा धेरै टाढाबाट दशै मनाउँदै छु है आमा।

घर नै प्रशन्न हुन्थ्यो है आमा
दशैको बेला डाँडामा पिङ खेल्न जान्थ्यो ,रातोमाटोले घर लिप्थ्योै नि दिदी र मैले
नयाँ लुगा पनि त कति पसल छानि-छानि रोइ-रोइ कति पैसा खर्च गर्थ्यो नि आमा

तर

आज हजुरबाट धेरै टाढा छु
दशै आएपनि नयाँ लुगा किन्न पाउँदिन
त्यही रातो टिसर्ट र चस्माले दशै मनाउँछु आमा।
टिकाको दिन घरमा सबै जम्मा हुन्थ्यो नि
बिहानदेखि घरनै रमाइलो हुन्थ्यो नि
बिहानैबाट नयाँ लुगा लाउने भनेर कति खुसि हुन्थ्यो नि
हजुरबुबाले जमरा र पेैसा दिदैं
ल नानी ठूलो बन्नु भनेर आर्शिवाद दिनुहुन्थ्यो नि

तर

म ठूलो मान्छे त के सानो मान्छे पनि बन्न सकिन आमा।
दशै आउदा हजुरको याद आउँछ आमा
दिदिलाइ नयाँ लुगा किनिदिनु है आमा
मलाइ त किनिदिने मान्छे पनि कोहि छैन यहाँ
म त सधै हजुरको आशिर्वाद  लिएर
दशै मनाउँछु भनेको थिए

तर

म त भगवान र हजुरको आशिर्वादको साथमा दशै मनाउँछु आमा ।

लेखक: साक्षी तिवारी

कमेन्टहरु
Loading...