काठमाडौं । ह्वाइट हाउसका चिकित्सकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना संक्रमण अरूलाई सार्नसक्ने जोखिम तहमा नरहेको बताएका छन्।
बिहीबारपछि ट्रम्पका चिकित्सक शन कोन्लीले उनका बारेमा पहिलो स्वास्थ्य जानकारी दिदै ट्रम्पको संक्रमणले अरुलाई जोखिम नपार्ने जानकारी दिएकी हुन् ।
यसअघि शनिबार ट्रम्पले ह्वाइट हाउसमा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका थिए। यो अस्पताल भर्ना भएयता राष्ट्रपति ट्रम्पको पहिलो प्रत्यक्ष सम्बोधन थियो।
भाइरसको संक्रमण भएपछि ट्रम्प उपचारका लागि ३ दिन सैनिक अस्पताल बस्नुपरेको थियो ।
डा। कोन्लीले पछिल्लो परीक्षणले ट्रम्प अरूलाई संक्रमण सार्ने जोखिमको तहमा नरहेको बताए।
यध्यपी ट्रम्पको कोरोना परीक्षण नेगेटिभ आएनआएको बारेमा स्पष्ट हुनसकेको छैन।