एजेन्सी । लिबियाको तेल प्रशोधन केन्द्रमा कार्यरत ७ जना भारतीय नागरिक अपहरणमा परेका छन् । भारत फर्किने क्रममा विमानस्थलतर्फ जाँदै गर्दा ती ७ जना भारतीय नागरिक लिबियाको अस्वेरिफबाट अपहरणमा परेका हुन् ।
अपहरणमा परेकाहरु बिहार सहित गुजरात तथा आन्द्र प्रदेशका रहेका छन् ।
यसैबीच भारतीय विदेश मन्त्रालयले आफ्ना नागरिकलाई अपहरणमुक्त गर्न लिबियाको सरकारलाई आग्रह गरेको छ ।
सन् २०१५ का नै भारतीय सरकारले आफ्ना नागरिकलाई लिबियामा भ्रमण गर्न रोक लगाउनुका साथै सन् २०१६ मा लिबिया जानमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।
अपहरित ७ जना भारतीय नागरिकलाई अपहरण गर्नेहरुको पहिचान भने भएको छैन ।