साहित्यतर्फ यसबर्षको नोबेल पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई

काठमाडौं । साहित्यतर्फ यसबर्षको नोबेल पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई दिइने भएको छ ।

स्विडिस एकेडमीले ग्लुकलाई कविता मार्फत व्यक्तिगत अस्तित्वलाई सार्वभौम बनाएको भन्दै यस वर्षका लागि नोबेल पुरस्कार दिने घोषणा गरेको हो । ग्लुक अमेरिकी समकालीन साहित्यमा सबैभन्दा प्रख्यात कविको रूपमा परिचित छन् ।

सन् १९४३ मा न्यूयोर्कमा जन्मिएकी कवि ग्लुक हाल म्यासाचुसेट्सको क्याम्ब्रिजमा बस्छिन् । लेखनबाहेक उनी येल युनिभर्सिटीमा अंग्रेजीकी प्राध्यापक समेत हुन् ।

कमेन्टहरु
Loading...