एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६ सय जना नयाँ संक्रमित थपिएको जनाएको छ ।
साथै पछिल्लो २४ घण्टामा १ हजार १ सय २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९४ हजार ५ सय ३ पुगेको छ । मन्त्रालयका अनुसार ९ लाख ५६ हजार ४ सय २ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ हजार ४१ हजार ६ सय २८ जना निको भएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । यहाँ २ लाख ६९ हजार ५ सय ३५ जना संक्रमित अवस्थामा छन् भने कर्नाटक राज्यमा त्त लाख १ हजार ८ सय १ जना, आन्ध्र प्रदेशमा ६५ हजार ७ सय ९४ जना, उत्तर प्रदेशमा ५७ हजार ८६ तथा तामिल नाडू राज्यमा ४६ हजार ३ सय ३६ जनामा संक्रमण सक्रिय अवस्थामा रहेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सेप्टेम्बर २६ सम्ममा देशभर ७ करोड १२ लाख ५७ हजार परीक्षण भएको छ । रासस