विराटको बैंग्लोर, किंग्स इलाभेन पन्जाबसँग सहजै पराजित

काठमाडौं । दुबईमा आयोजित आईपीएलको छैटौं खेलमा किंग्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले हराएको छ । किंग्स इलाभेन पन्जाबले जितका लागि २०७ रनको लक्ष्य दिएको थियो । तर रोयल च्यालेन्जर्स बैंगलोर १७ ओभरमा १०९ रनमा समेटियो ।

बैंगलोरको शुरुवात खराब थियो । पहिलो ओभरमै देवदत्त एक रनमा क्याचआउट भए । लगत्तै अर्को ओभरमा जोश फिलिप खाता नखोली आउट भए ।
तेस्रो विकेटको रुपमा कप्तान विराट कोहली आउट भए । उनले पाँच बलमा केबल एक रन बनाउन सके । उनी शेल्डन कोट्रेलको बलमा क्याच आउट भए ।

लगातार तीन विकेट गुमेपछि बैंगलोर संकटमा थियो । पिचमा एरोन फिन्च र एबी डिभिलियर्स थिए । तर फिन्च २१ बलमा २० रन बनाएर आउट भए । एबी डिभिलियर्सलाई साथ दिन वाशिंगटन सुन्दर आए । तर डिभिलियर्स पनि धेरै टिक्न सकेनन् । उनले १८ बलमा २८ रन बटुले । नौ ओभरमा पाँच विकेटको क्षतिमा बैंगलोरले ६० रन बनाउन सक्यो ।

पिचमा रहेका वाशिंग्टन सुन्दर र शिवम दुबेलाई स्कोर उकास्ने चुनौति थियो । तर शिवम दुबे १२ बलमा १२ रन बनाएर ग्लेन म्याक्सवेलको बलमा आउट भए । शिवम दुबेपछि क्रिजमा ब्याटिङमा आएका उमेश यादव खाता नखोली आउट भए ।

लगत्तै वाशिंगटन सुन्दर पनि आउट भए । उनले २७ बलमा ३० रनको योगदान गरे । एकपछि अर्को विकेट झर्दै जाने क्रममा बैंगलोर १०९ रनमा समेटियो ।

त्यस्तै पञ्जाबका रवि बिश्नोई र मुरुगान आश्विनले ३र३ तथा सेलड्रोन कोट्रेलले दुई विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

पञ्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै १ सय ३२ रनको शतकीय पारी खेलेका थिए। ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरेका उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन्।

कमेन्टहरु
Loading...