ट्रकले ठक्कर दिँदा क्रिकेट खेलाडी भण्डारी घाइते

राष्ट्रिय क्रिकेट टीमका बलर ललित भण्डारी सावर मोटरसाइकललाई ट्रकले ठक्कर दिएको छ ।

आइतबार बेलुका कञ्चनपुरको झलारीमा ट्रकले ठक्कर दिँदा उनीसँगै सवार करन ठगुन्ना पनि घाइते भएको प्रहरीले जनाएको छ ।

विपरित दिशाबाट आएको ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

घाइते भण्डारीको धनगढीस्थित निसर्ग अस्पतालमाको इमर्जेन्सीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...