एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको दैनिक संख्या प्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६ सय ३३ जना संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
योसँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल संक्रमितको संख्या ४१ लाखभन्दा बढी पुगेको देखिएको छ । संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म ७० लाख ६ सय २६ पुगेको छ ।
कुल मृतकमध्ये १ हजार ६५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले आइतबार जनाएको छ ।
भारतमा कोरोनाका कारण अहिलेसम्म ४१ लाख १३ हजार ८ सय १२ जना संक्रमित भएका छन् । ती मध्ये ३१ लाख ८० हजार ८ सय ६६ जना संक्रमणमुक्त भइसकेका छन् । अधिकारीहरूका अनुसार अरु ८ लाख ६२ हजार ३ सय २० जना अझै पनि संक्रमित अवस्था मै रहेका छन् ।
भारतमा अहिलेसम्म ४ करोड ८८ लाख मानिसको कोरोना परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जानकारी दिएको छ । रासस