रोनाल्डोको गोडामा माहुरीले टोकेपछि पोर्चुगलको शानदार जित

काठमाडौँ । रोनाल्डो युरोपियन नेशन्स लिग अन्तर्गत शनिबार राति भएको क्रोएसियासँगको खेलमा आफनो गोडामा आएको समस्याका कारण खेल्न सकेन्न् । फुटबल इटालियाका अनुसार रोनाल्डोको दायाँ गोडामा माहुरीले टोकेको थियो ।

माहुरीले टोकेको स्थानमा इन्फेक्सन भएपछि उनी खेल्न नसकेका हुन् । जसकारण् स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट १०० औँ गोल गर्ने अवसरका लागि अझै पर्खिनु पर्ने भएको छ ।

राष्ट्रिय टिमबाट गएको नोभेम्बरमा ९९ औँ गोल गरेका उनी खेल्न नपाए पनि पोर्चुगलले क्रोएसियामाथि ४–१ को जित दर्ता गर्न सफल भयो ।
उनी आउँदो मंगलबार हुने स्वीडेनसँगको खेलमा पनि खेल्न सक्ने सम्भावना कम रहेको जनाइएको छ ।

राम्रोसँग प्रशिक्षण गरिरहेका रोनाल्डोलाई बुधबार माहुरीले टोकेको हो । इन्फेक्सन भएकाले निको हुन कति समय लाग्छ भन्ने यकिन नरहेको प्रशिक्षक फेर्नान्डो सान्तोसले बताएका छन् ।

गोडामा इन्फेक्सन भएको भए पनि रोनाल्डो टिमको हौसला बढाउनका लागि रंगशालमा उपस्थित भएका थिए । मास्क फुकालेर रंगशालमा बसेका रोनाल्डोलाई खेल पदाधिकारीले आएर मास्क लगाउन भनेको पनि देखिन्छ ।

कमेन्टहरु
Loading...