प्रधानमन्त्री ओलीसंग कुलमान घिसिङलाइ पुनर्नियुक्ति दिएर जस लिने अवसर

  • सुमन बराल

नेपाल बिधुत प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङको ४ बर्षे कार्यकाल भाद्र २९ गते सकिदै छ। अधिकांस सर्वेक्षण, सामाजिक संजाल र मिडियामा कुलमान लाइ नै दोस्रो पटक नियुक्त गर्नु पर्ने जनमत देखिन्छ। स्मार्ट बिल रिडीङ्ग, भूमिगत बिधुतको तार, जनताको पानी जनता कै लगानी, क्रस बोर्डर ट्रान्समिसन लाइन, बिधुत खपत बिस्तार लगायत कयौ आयोजना हरु लाइ पूर्णता दिन कुलमानको नेतृत्व आवस्यक रहेको तर्क अधिकांसले गरेका छन्। अर्को तिर, एउटा सानो झुण्डले बिगतमा र अहिले पनि कुलमानको चर्को बिरोध गरि रहेका छन्।

“कुलमान भन्दा योग्य र इमान्दार नेपालमा अर्को छैनन ? उनि हट्ने बित्तिकै लोडसेडिङ हुनका लागि कुलमानले आफ्नो सरिर बाट बिधुत उत्पादन गर्छन र?” लगायत प्रश्न गर्दै पुनर्नियुक्ति दिनु हुँदैन भन्ने तर्क गरेका छन्  ।   हिजो कुलमानलाइ मंत्रिपरिसदले दोस्रो कार्यकालका निम्ति पनि जिम्मेवारी दिने निर्णय गर्यो भन्ने हल्ला सामाजिक संजाल र केहि मिडियामा फैलियो।  अन्य बिस्वस्नीय मिडियाले उर्जामंत्री बर्षमान पुनलाइ उदृत गर्दै, उक्त निर्णय नभएको पुस्टि गरे। अनेकन भ्रस्टाचार काण्ड र बिबादमा मुछिएका उपप्रधान तथा रक्षा मन्त्रि   ईश्वर पोखरेलका सम्धी  प्रा.डा. उपेन्द्रकुमार कोइराला राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाउने तयारिको चौतर्फी बिरोध लाइ मत्थर पार्न कसैले रचेको चाल हो वा कुलमान लाइ नियुक्ति दिईन्छ भन्ने कुरा चाइ भबिष्यले मात्रै बताउने छ।

“सरकारले दिने जुन सुकै जिम्मेवारी इमान्दारिताका साथ् निभाउने कोसिस गर्ने छु तर म नै कार्यकरी निर्देशकका लागि निर्विकल्प हु भन्ने चाइ होइन । साथै, मैले चाहेर मात्रै निर्देशक  हुने बिषय पनि होइन, सरकारले नियुक्ति गर्ने कुरा हो” भनेर कुलमानले अवसर पाए फेरी एक कार्यकाल काम गर्ने मनसाय व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार लगभग पूर्ण रुपमा असफल र भ्रस्टचारीहरुको रक्षक सिद्ध भएको अवस्थामा कम्तिमा कुलमानलाइ  पुनर्नियुक्ति गरेको जस भने अझै लिन सक्ने सम्भावना छ। तथापी, जनताको चौतर्फी बिरोध नभए सम्म कुलमानले पुनर्नियुक्ति पाउने सम्भावना कम देखिन्छ।

कुलमान भन्दा योग्य र इमान्दार पनि होलान् तर अर्को  महा भ्रष्टले नियुक्ति पाउला अनि नाफामा गएको प्राधिकरण पुन घाटामा जाला भन्ने जनतालाई चिन्ता  छ । लोडसेडिङको व्यापार फेरि सुरु गरेर अँध्यारो युग तिर देसलाई धकेलिन्छ की भन्ने डर छ । न्यायालय, अख्तियार, कुटनैतिक नियोग लगायत अन्य क्षत्रमा  अपबाद बाहेक भ्रस्टचारी  र नातेदारले मात्रै नियुक्ति पाएका छन्।  पात्र इमान्दार र योग्य हुने हो भने, ठूला नेताकै संधि – बाउ – ज्वाईं – भाइ  – साला सली – प्रेमी- सन्तान वा जो भए पनि फरक पर्दैन । तथापी आफन्त भएकै कारण वा आर्थिक लेनदेनका कारण  दशकौ देखि महत्वपूर्ण निकायमा नियुक्ति दिने कुरा  भने भ्रष्टाचार हो । सत्तारुड दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेसका केहि प्रभावशाली नेताहरुले कुलमानलाइ मिथ्या आरोप लगाएर हटाउने र बदनाम गराउने धेरै पटक असफल प्रयास गरेका थिए, गर्दै छन्। यीनै प्रभावशाली नेताहरु, लोड्शेडिङ्गमा आफ्नो हित देख्ने केहि ब्यवसाही, भ्रस्ट कर्मचारी र अलिकति दानापानीको आश गर्ने र २४ घण्टा रक्सिको नसामा हुने केहि गैरजिम्मेवार पत्रकारहरु अहिले कुलमानले कुनै हालतमा पुनर्नियुक्ति  पाउनु नहुने तर्क गरि रहेका छन्।

कुलमान आएपछि बर्षेनी  हुने ५० औ अर्ब बारबारको इन्भर्टर, जेनेरेटर, क्यानडाल लगायतको ब्यापार लगभग निमिट्यान्न भएको छ। मध्यरातमा पनि  लोडसेडिङ हुने गर्थियो। १८ घण्टा भन्दा बढी समय सम्म लोडसेडिङ हुन्थियो। मलाइ मध्यरातमा बिजुली संचित गरेर दिउसो वितरण गरिन्छ होला भन्ने भ्रम थियो। तथापी, बिधुत त्यसरी संचित गर्न नमिल्ने रहेछ भन्ने कुरा कुलमान कार्यकारी निर्देशक भएपछि मात्रै थाहा पाए। अर्थात, धेरै लोड नहुने मध्यरातमा समेत बिधुत काटेर अन्धकारको व्यापार दसकौ देखि गरिएको रहेछ । यीनै कारण कुलमानलाइ कहिले एलईडी बल्ब प्रकरणमा त् कहिले धेरै तलब खान्छ भनेर बदनाम गराउन केहि ठुला मिडिया नै प्रयोग भएका छन् ।  मन्त्रिपरिषदबाट निर्णय गरेर जीटुजी प्रक्रियाबाट एलईडी खरिद गर्न लाग्दा कमिसन खान लागेको आरोप लागेपछि कुलमानले रुदै “भ्रष्टाचार गरेको प्रमाणित भए टुँडिखेलमा झुण्डिएर मर्न तयार छु” भन्ने अभिव्यक्ति दिएका थिए । दुर्भाग्य, आज प्राधिकरणले दिन लागेको दर भन्दा कयौ गुणा बढीमा बजार बाट एलईडी बल्ब किन्न उपभोक्ता बाध्य छन्। कुलमानलाइ आरोप लगाउने मिडियाले प्रमाणित गर्ने वा माफी माग्ने काम गरेका छैनन्।

कुलमान पनि गुण दोष भएका मानिस हुन्।  उनका पनि कमीकमजोरी पक्कै छन् र आज राम्रो काम गरेकै आधारमा भबिष्यमा उनले कुनै अपराधिक काम नै गर्दैनन् भन्न पनि सकिदैन ।  तथापी आज सम्म उनले जानेर आफ्नो पदको दुरुपयोग गरि भ्रस्टाचार गरेका छैनन् भन्ने कुरामा  करोडौ जनताको बिश्वास जितेका छन्। यदि उनले पदमा रहदा कुनै भ्रस्टाचार गरेको भए, उनको खेदो खन्ने प्रभावशाली नेता र मिडियाले प्रमाण सहित उनलाई धेरै अघि दण्डित गरिसकेका हुने थिए।  कुनै संस्थानमा नेतृत्व इमान्दार भयो भने कति धेरै सकारात्मक परिबर्तन सम्भव छ भन्ने ज्वलन्त उदाहरण घिसिङ्ग हुन्। उनि दसकौ देखि इमान्दारिताका साथ् प्राधिकरणमा नै कार्यरत थिए। तथापी, पटक पटक  नेतृत्वतहमा भएका भ्रस्ट कर्मचारी र  राजनीतिज्ञले उनलाई काम बिहिन अवस्थामा राख्नुका साथै दक्षता बमोजिमको जिम्मेवारी दिएनन। तत्कालिन  उर्जामन्त्रि जनार्दन शर्मा र तत्कालिन प्रधानमन्त्री प्रचण्डलाइ भने ‘अध्यारो बेच्ने युग’ अन्त्य हुनुमा प्रतक्ष – परोक्ष जस जान्छ  किनकि उनीहरुले चाहेको भए कुलमानले प्राधिकरण प्रमुख बन्ने थिएनन् ।

कुलमानले  २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त पाएका थिए । प्राधिकरणका कर्मचारी संगठनहरुले आन्दोलन  गरेका थिए अनि केहि बरिष्ठ उपकार्यकारी निर्देशकहरुले नियुक्ति खारेजीका लागि सर्वोच्च अदालतमा रिट हालेका थिए । करिब एक महिना पछि अदालतले कुलमानलाइ  काम गर्ने बाटो खोलिदिएको थियो।   २०७३ को तिहारमा प्राधिकरणले विगतमा जस्तै ‘झिलिमिली बत्ती नबाल्नू’  भन्ने सुचना निकालेन र लक्ष्मीपूजाका दिनमा काठमाडौंमा लोडसेडिङ नगर्ने परीक्षण सफल रुपमा  सम्पन्न भयो।  त्यसपछि क्रमस काठमाडौं, ललितपुर , भरतपुर, पोखरा लगायत देशभर नै लोडसेडिङ तालिका निकाल्ने काम बन्द गरियो र  लोडसेडिङमुक्त घोषणा गरियो । २०७५ वैशाख देखि उद्योगहरुमा हुने लोडसेडिङ पनि  हटाइयो। असारमा नै माघमा यति घण्टा लोड शेडिङ्ग भन्ने सुचना आउने गर्थियो र लोड शेडिङ्ग तालिका बिक्रि हुने गर्थे  । तिहार लगायत पर्बमा बत्ति बाले कारबाही हुने सुचना निस्किन्थिए।  कुलमान आएपछि, जति सक्छौ बत्ति बाल,बिधुत खपत बढाउ भन्ने अवस्था आयो।

कुलमान आउनु अघि प्राधिकरणले सञ्चालन खर्च पनि जुटाउन सकेको थिएन अनि कुल ३४ अर्ब ६१ करोड रुपैयाँ घाटामा थियो।  आर्थिक वर्ष २०७२/०७३ मा मात्र ८ अर्ब ८९ करोड घाटा भएको थियो। सरकारले पटक पटक अर्बौ अनुदान दिदा पनी पुन घाटामा जान्थियो।  कुलमान नेतृत्वमा आएको वर्ष २०७३/०७४ मा एक अर्ब ४७ करोड रुपैयाँ नाफा भयो।  आर्थिक वर्ष २०७६/०७७ मा करिब ११ अर्ब रुपैयाँ नाफा कमाउन सफल भयो । प्राधिकरणले ब्याजसहित ३५ अर्ब रुपैयाँको सञ्चित घाटा भुक्तान गरेर पनि पाँच अर्ब सञ्चित नाफा गर्न सफल भएको छ । प्राधिकरण आज सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्न सफल भएको छ । प्राविधिक तथा गैरप्राविधिक कारणले आर्थिक वर्ष २०७२/०७३ मा २५.७८ प्रतिशत विद्युत चुहावट थियो तर क्रमस घटाउदै २०७६/७७ मा चुहावट १५.२७ प्रतिशतमा सीमित भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा वार्षिक विद्युत खपत ३ अर्ब ७१ करोड ५८ लाख युनिट थियो तर २०७६/७७ को कूल खपत ६ अर्ब ५२ करोड ८७ लाख युनिट पुग्यो ।  २०७२/७३ मा ग्राहक संख्या २९ लाख ६९ लाख ५७५ मात्रै  थियो तर २०७६/७७ मा कूल ग्राहक संख्या ४८ लाख पुगेको छ ।  ६३ प्रतिशत जनतामा ग्रीडमार्फत विद्यत सेवा पुगेको अवस्थामा प्राधिकरणमा कुलमानको प्रवेश भएको थियो तर आज ८६ प्रतिशत पुगेको छ ।  चार वर्षअघि कुल खपत हुनेमध्ये करिव ३५ प्रतिशतविद्युत भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर, विद्युत खपत ८० प्रतिशतले बढ्दा पनि अहिले उपलब्ध विद्युतमा आयातीत बिजुलीको हिस्सा २२ प्रतिशत मात्रै छ । यो वर्षबाट यो अंश ५ देखि १० प्रतिशत मात्र रहने अनुमान छ ।  भारत संग बिधुत किनेर पनि १८ घण्टा सम्म अन्धकार सहनु पर्ने नेपालले आज वर्षातमा विद्युत निर्यात गर्न थालेको छ र निकट भबिस्यमा भारत बाट हिउदमा पनि बिधुत निर्यात गर्नु पर्दैन । भारत सहित बंगलादेशमा पनि नेपाली विद्युत बेच्ने गरि  तिब्र गतिमा  पुर्बाधार बिकास भइ रहेको छ । चार वर्षअघि नेपालमा कुल ८०१.७ मेगावाट जलविद्युत उत्पादन भइरहेको थियो । अहिले जलविद्युत उत्पादन ५७ प्रतिशतले बढेर १२५८ मेगावाट पुगेको छ ।

कुलमान आज करोडौ नेपालिका निम्ति अन्धकार बेच्नेहरुलाइ पाखा लगाउने एक इमान्दार, सक्षम र प्रेरक पात्र हुन्। तथापी, राजनैतिक संरक्षणले गर्दा  प्राधिकरण भित्र बसेर बिगतमा र अहिले पनि भ्रस्टाचार गर्ने भ्रस्ट कर्मचारीलाइ भने दण्डित गर्न नसकेको कुरा निरिह भएर कुलमान स्वीकार गर्ने गर्छन। कुलमानको सबै भन्दा सबल पक्ष भनेको उनले गफ, भाषण, उखान बाट नभई काम बाट नै धेरै कुरा बोले र एक्लै श्रेय लिएनन । प्राधिकरणका कतिपय पूर्व हाकिम हरुले लोडसेडिङ कुनै हालतमा अन्त्य हुन् नसक्ने दाबि सहित चुनौती दिएका थिए तर कुलमान र उनको टिमले देशलाइ लोडसेडिङ मुक्त बनाउने अभियानको सफल थालनी गरे।

कुलमानलाइ करोडौ नागरिकले उज्वालोको नायक, उज्यालोको देउता भन्छन अनि विभिन्न ठाउको नाम परिबर्तन गरेर कुलमान घिसिङ्ग राख्ने काम समेत गरिएको  छ  तर उनले कहिले पनि एक्लै जस लिएनन। सरकारले काम गर्ने अवसर दिएकाले अनि प्राधिकरणका कर्मचारी, नेपाली जनता र अन्य सरकारी निकायको सहयोगले नै लोडसेडिङ हटाउन सफल भएको भन्दै उनले सबैलाइ धन्यबाद दिने गरेका छन्। लोडसेडिङ अन्त्य हुनुमा विज्ञान, व्यवस्थापन, सुशासन र प्राधिकरणको समग्र टिमको योगदान रहेको  कुलमान बताउछन । कुलमान घिसींगलाइ एक पटक फेरी काम गर्ने अवसर दिनु ओली सरकार कै निम्ति हितकर छ। यदि कुलमानको ठाउमा कुनै भ्रस्टचरी लाइ नियुक्ति दिइयो भने, नेपाली जनता सडकमा आउनु पर्छ।

कमेन्टहरु
Loading...