एजेन्सी ।
भारतको केरलमा विमान दुर्घटना हुँदा मृत्यु हुने संख्या १८ पुगेको छ । दुवईबाट यात्रु बोकेर उडेनको एअर इन्डिया एक्सप्रेसको विमान केरलाको कोझिकोडमा दुर्घटनाग्रस्त हुँदा पाइलट तथा कोपाइलट समेत गरेर १८ जनाको मृत्यु भएको हो ।
विमान अवतरणका क्रममा चिप्लिएर ३५ फिट गहिरो खाल्डोमा खसेको थियो ।
खाल्डोमा खसेर विमान २ टुक्रा भएको बताइएको छ । घटनाको बारेमा जानकारी लिनका लागि विदेश राज्यमन्त्री कोझिकोड पुगेका छन् । नागरिक उड्यायानमन्त्री हरदीप सिंहले घटनाप्रति दख जनाउँदै भनेका छन्, ‘घटनामा पाइलट तथा कोपाइलट समेत गरेर १८ जनाको मृत्यु भएको छ, यो एकदम दुर्भाग्यपूर्ण छ, अझै १२७ जना अस्तापलमा उपचाररत छन् ।’ उनले घटनाका क्रममा आगलागी समेत भएको भए अझै मुस्किल अवस्था आउन सक्ने बताए । उनले भने, ‘म अहिले दुर्घटनास्थल कोझिकाड अन्तर्राष्ट्रिय विमानस्थल जाँदै छु ।’
एयर इन्डिया एक्सप्रेसको ए.एक्स.बि १३४४ बोइङ ७३७ जहाज १ सय ८४ जना यात्रु सहित २ पाइलट तथा ६ जना क्रु मेम्बरलाई लिएर दुबइबाट कोझिकोड आउँदा दुर्घटनाग्रस्त भएको हो । स्रोत : आजतक