एअर इन्डिया एक्सप्रेसको बिमान दुर्घटना १६ जनाको मृत्यु

दुवईमा यात्रु बोकेर उडेको एअर इन्डिया एक्सप्रेसको बिमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १ सय २३ जना घाइते भएका छन् भने १५ जनाको अबस्था गम्भिर रहेको छ ।

अझै केही यात्रु बिमान भित्र फसिरहेका छन् । उनिहरुको उद्धार कार्य जारी रहेको छ ।

बिमानमा १ सय ८४ यात्रु र चालक दल सहित १ सय ९१ जना सवार रहेका थिए ।

विमानमा सवार अधिकांश यात्रु दुवई रोजगारी गुमाएर फर्किएका मध्य रहेको भारतिय सञ्चारमाध्यमा टाइम्स अफ इन्डियाले जनाएको छ ।

कमेन्टहरु
Loading...