लेबनानमा विस्फोटक पदार्थ विस्फोट हुँदा ७० को मृत्यु

पोखरा ।

लेबनानको राजधानी बेरुतमा बिस्फोटक पदार्थ विस्फोट हुँदा ७० जनाको ज्यान गएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर भएकाले मृक्तकको संख्या अझै बढ्न सक्ने अनुमाज गरिएको छ ।

बेरुतमा असुरक्षित तरिकाले विष्फोटक पदार्थ राखिएको गोदाम घरमा विस्फोट हुँदा ठूलो मात्रामा क्षति भएको हो । विस्फोट हुँदा उक्त गोदाम वरपर रहेका भौतिक संरचना समेत ध्वस्त भएको छ । घटनापछि लेबनानमा ३ दिनका लागि राष्ट्रिय शोक घोषणा गरिएको छ ।

त्यस्तै लेबनानका प्रधानमन्त्री हसन दिआबले घटनामा दोषी जो कोहीलाई कारवाही गरिने र उन्मुक्ति पाउन नसक्ने बताएका छन् । विस्फोटको आवाज साइप्रस टापुको २ सय ४० किलोमिटरसम्म सुनिएको थियो ।

कमेन्टहरु
Loading...