सम्पन्न श्रेष्ठ सहीत ६ जना राखेप सदस्य मनोनित

तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ राष्ट्रिय खेलकूद परिषद (राखेप)को सदस्यमा मनोनित भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले श्रेष्ठ सहीत ६ जना व्यक्तिहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यमा मनोनित गरेको हो।

खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञमध्यबाट रिम राना भाट र इन्दीरा निरौलालाई सदस्यमा मनोनित गरिएको छ।

यस्तै सम्बन्धित राष्ट्रिय खेल संघको सिफारिसमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनित गरेको छ।

परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुनेगरी गोविन्द प्रशाद भट्टराई गरी ६ जनालाई साउन १५ गतेको निर्णय अनुसार मन्त्री विश्वकर्माले मनोनयन गरेका हुन्।

साथै अन्य क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको मनोनयनलाई पूर्णता दिइने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बुधबार मात्रै राखेपको सदस्य सचिवमा रमेश कुमार सिलवाल र उपाध्यक्षमा शिव कोइरालाले पदभार ग्रहण गरेका थिए।

नयाँ ऐनले राखेप बोर्डमा ३७ जना रहने व्यवस्था गरेको छ ।

कमेन्टहरु
Loading...