गएको २४ घण्टामा भारतमा ५२ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ हजार १ सय २३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका हुन् ।
गएको २४ घण्टामा भारतमा ७ सय ७५ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा सङ्क्रमितको संख्या १५ लाख ८३ हजार ७ सय ९२ पुगेको छ भने ज्यान गुमाउनेको संख्या झण्डै ३५ हजार पुगेको छ ।