चिप्लेढुङ्गा सिद्धार्थचोक व्यवसायी समितिद्धारा घर बहाल छुटको माग

पोखरा, १३ असार / चिप्लेढुङ्गा सिद्धार्थचोक व्यवसायी समिति पोखराले घर बहालमा बिशेष छुट दिन घरधनीहरुसँग आग्रह गरेको छ ।

बिषम परिस्थितिमा पोखरा महानगरपालीकाको ४, ८ र र ९ मा चिप्लेढुङ्गा देखि सिद्धार्थचोक सम्म करिब १ सय ४० व्यापारीलाइ घरभाडामा छुट दिएर व्यवसायीको मनोबल उच्च राख्न र हौसला प्रदान गर्न व्यवसायीले अपिल मार्फत आग्रह गरेका छन् ।

महामारीका कारण सृजना भएको समस्या र लक डाउनका कारण व्यवसायमा प्रत्यक्ष असर परेकाले घरभाडामा छुट दिन आग्रह गरिएको समितिका अध्यक्ष डि.बि भुजेलले जानकारी दिए ।

घरधनी र व्यवसायीको बिचमा एकता कायम गर्न पनि यसले सहयोग पुग्ने समितिका सचिव मोती भुजेलले बताए ।

समितिको असार ८ गतेको पूर्ण भेलाले यो अपिलको निर्णय गरेको कोषाध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए ।

कमेन्टहरु
Loading...