स्याङ्जामा जीप दुर्घटना, एकको मृत्यु ६ घाइते

स्याङ्जा, ३१ जेठ / स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेकको नेटामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि ६ जना घाइते भएका छन् । भीरकोट नगरपालिकाको बयँरघारी बजारबाट स्वरेक हिडेको ग २ च २३७३ नम्बरको महेन्द्रा जीप दुर्घटना हुदाँ १६ वर्षीया दुर्गा अर्यालको निधन भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै अन्य ६ जनालाई पोखरामा उपचार हुदैछ ।

अर्यालको उपचारका क्रममा कालिका अस्पताल हेलुमा निधन भएको हो । घाइते हुनेमा शान्ति अर्याल, गीता अर्याल, पार्वती अर्याल, शोभा अर्याल, हिमकुमारी अर्याल र सुषमा अर्याल रहेका छन् ।

प्रहरीका अनुसार जीप सडक भन्दा करिब २० मिटर तल खसेको थियो । जीप चालक प्रहरी नियन्त्रणमा छन्। उनीहरु सबै एकाघरका नातेदार रहेको थिए ।

घाइतेहरु

१.जि.स्याङजा भिरकोट न.पा.५ बस्ने वर्ष ३७ को शान्ति अर्याल,अवस्था सिरियस,

२.ऐ.बस्ने वर्ष ३६ की गिता अर्याल,अवस्था  सिरियस,

३.ऐ.बस्ने वर्ष २७ की पार्वती अर्याल,अवस्था सिरियस,

४.ऐ.बस्ने वर्ष ५६ की शोभा अर्याल, अवस्था सिरियस

५.ऐ. बस्ने वर्ष ७० की भिम कुमारी अर्याल

६.ऐ.बस्ने वर्ष २४ की सुस्मा अर्याल,अवस्था सिरियस,

कमेन्टहरु
Loading...