पोखरा, २१ वैशाख/ पोखरा १८ खपौदीमा रहेको कालिजको खोरमा चितुवाले करिब एक सय कालिज मरेको छ । कालिज खोरमा शनिबार विहान पसेको चितुवाले वयस्क कालिज भाले/थोपीलाई आक्रमण गर्दा एक सय भन्दा बढी मरेको तुल्सी कुन्ज इकोका संचालक धुर्व थापाले बताए ।
उनका अनुसार चितुवाको आक्रमणमा परी हाल करिब ५० वटा भन्दा बढी कालिज घाइते भएका छन् । चितुवाको आक्रमणमा परी करिब १० लाख मुल्य बराबरको क्षति भएकोे थापाले बताए । जाली काटेर चितुवा कालिजको खोर भित्र परेको हुन सक्ने फर्मका संचालक मध्यका एक पवन कुमार जिसीले बताए ।
डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले हाल आफुहरुसंग चितुवा उद्धार गर्ने इकुमेन्ट नभएकोले गर्दा नियन्त्रणमा लिदा धेरै समय लाग्ने भएकोले गर्दा चितुवालाई खोरबाट छाडिएको बताए ।
करिब २४ रोपनी क्षेत्रफलमा थापा सहित ७ जनाले करिब डेढ बर्ष अघि कालिज फार्म संचालनमा ल्याएका हुन् । उनका अनुसार गत बर्ष पहिरोले गर्दा आफ्नो कालिज फर्ममा क्षति पुगेको उनले बताए ।