पोखरा, २० चैत / पोखराको चाउथे स्थित खसिबजार नजिकैको चोकमा कुलोमा मोटर साइकल र सव फेला परेको छ ।
बुधबार राति चाउथे स्थित खसीबजार चोक नजिकैको सडक छेउको कुलोमा ग ११ प ८२८१ नम्बरको बुलेट बाइक र पोखरा लेखनाथ सुन्दरीबजार बस्ने ३८ बर्षीय निम राज पुन कुलोमा मृत फेला परेका छन् ।
उनको शव कुलोमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
मोटरसाइकलमा अरु सवार रहे नरहेको बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।