सेदीबाट पोखरा आउदै गरेको बस र मोटरसाइकल ठोक्कियो

पोखरा, २५ फागुन / पोखरा महानगरपालिका १८ गैराको चौतारा सेदी स्थित ग१ख ३९९० नम्बरको बस र ग१८प ४५३५ नम्बरको मोटरसाईकल ठोकिएका छन् ।

दुर्घटनामा परि मोटरसाईकल चालक पर्वत जलजला गाउँपालिका घरभई पोखरा महानगरपालिका १९ लामाचौर बस्ने १९ बर्षिय रोजित पुनमगर घाईते भएका छन् ।

उनको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था सिरियस रहेको प्रहरीले जानकारी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...