उड्ने ट्याक्सी ल्याउँदै हुण्डाई

काठमाडौं, २७ पुस/ हुण्डाई मोटर कम्पनीले अब उँड्ने ट्याक्सी बजारमा ल्याउने भएको छ । उसले उबरको साझेदारीमा फ्लाइङ्ग ट्याक्सीको निर्माण गर्ने तय गरेको हो ।

‘एस–ए१ कन्सेप्ट’ नाम दिइएको उक्त ट्याक्सीको अमेरिकास्थित लास भेगासको कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा केही समय पहिले प्रदर्शन गरिएको छ ।

प्रदर्शन गरिएको ट्याक्सी एउटा कन्सेप्ट मात्र भएको र सन् २०२३ मा भने यसको पहिलो उत्पादनलाई सार्वजनिक गरिने हुण्डाईका प्रवक्ताले जनाएका छन् ।

उनका अनुसार एस–ए १ कन्सेप्ट फुल इलेक्ट्रिक वाहन हुनेछ जसले ४ जना प्यासेन्जर बोक्न सक्ने क्षमता राख्दछ । यसलाई शहरी क्षेत्रको बढ्दो ट्राफिकलाई लक्षित गर्दै निर्माण गरिएको हो ।

यसले ठाडो उडान र ठाडो अवतरण गर्नसक्छ । यो ट्याक्सी २९० केएमपीएचको स्पीडमा हावामा उड्ने गरी निर्माण गर्ने जनाएको छ ।

कमेन्टहरु
Loading...