पोखरा, २८ बैशाख /पोखरामा स्कुटर र मिक्चर ठोक्किदा एक युवाको मुत्यु भएको छ ।
शुक्रबार राती करिब ११ बजे पोखराको औधोगिक क्षेत्र मिक्टर र स्कुट ठोकिदा स्कुटर चालकको मृत्यु भएको हो ।
विजयपुर तर्फ जार्दै गरेको ग १ क २६६६ नम्बरको मिक्चर र ग १५ प २५८६ नम्बरको स्कुटर पोखराको चाउथेमा ठक्कर खाँदा बेगनास ताल निवासी २५ बर्षिय अजय भट्टराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी गम्भिर घाइते भएका भट्टराइको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले मिक्सचर चालक स्याङजा २ फापरथुंङका २८ बर्षिय सुदि गुरुङ र मिक्सचर नियन्त्रणमा लिएको छ ।