स्कुटर सडकको डिलमा, युवतीको शव फेवातालमा

पोखरा, १९ फागुन/पोखराको फेवातालमा आइतबार बिहान एक युवतीको शव भेटिएको छ । पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिएर रहेको अबस्थामा एक युवतीको शव भेटिएको हो ।

कास्कीको अन्नपुर्ण गाँउपालिका २ को ढिकुरपोखरी घर भई पोखरा ५ बस्ने १९ बर्षिया दिव्या अधिकारीको मृत भेटिएकी हुन् । बिहान स्कुटरमा पेट्रोल हाल्न जान्छु भनेर घरबाट निस्कीएको उनकी आमाले बताइन् ।

स्कुटर सडकको डिलमा, युवतीको शव फेवातालमा
स्कुटर सडकको डिलमा, युवतीको शव फेवातालमा

छोरीको मृत्युको खबर पाएर पछि फेवाताल किनारमा आएका आमाले रुदै रुदै स्कुटरमा पेट्रोल हाल्न हिडेकी छोरी किन यहाँ आएकी भन्दै भक्कानीन् । दिव्याको शव हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शव गृहमा पोष्माटमको लागि राखिएको छ ।

उनले चढेको स्कुटर गौरीघाटमा भेटिए छ भने स्कुटरको चाबी उनकै साथमा थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपि रवीन्द्र गुरुङले जानकारी दिए ।

उनी नर्सिङ दोस्रो वर्षमा अध्ययनरत भएको परिबारले जानकारी दिएको छ । उनको साथबाट मोवाइल समेत भेटिएका कारण घटनाको बारेमा थप अनुसन्धान गर्न सजिलो हुने उनले बताए ।

कमेन्टहरु
Loading...