पोखरा, १७ फागुन / पोखरा ११ फुलबारीको भानू मार्गमा बिहीबार दुर्घटना भएको छ ।
ग २ च ७२१७ नम्बरको जिपले ग १४ प ४६२ नम्बरको पल्सर मोटरसाईकललाई ठक्कर दिंदा आगलागि भई मोटरसाईकल पूर्ण रुपमा जलि नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परि मोटरसाईकल चालक पोखरा १० बुद्दचोक बस्ने १८ बर्षिय हेमनारायण काफ्ले घाईते भएका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भएको छ ।
जिप र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।